Lyrics

KA BATA - GENESIS OF PINK

क बाट कमल ख खरायो 
सिलेट र खरी मेरो कहाँ हरायो 
घाम पानी हुँदा पनि स्यालको बिहे हुने 
रमाइला दिनहरु कहाँ बिलायो 
दुईको गुनालाई सुगा रटेको 
कक्षाको बाहिर गुडा टेकेको




घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा    फेरि जान मनपर्यो
भाँडाकुटी डुमारा ठुना र खोप्पी 
पान्ढुङ्गे रिंगोल ढुङ्गाको गट्टी 
यतियति गेगे पानी गेगे रानी 
अमराइट भन्थ्यौ जानी नजानी
अम्बल् डम्बल् खेल्दै निष्कर्षमा  पुग्थ्यौ 
कहीँकतै गलती भए अंम्बीस भन्थ्यौ
यात्रा भन्ने कुन चरी को नाउँ ?   
लक्ष्य भन्ने कुन थरिको गाउँ?
लाग्थ्यो जीवन त खेलको मैदान हो 
रमाइला रमाइला खेलहरू  खेल्ने 
दशको गन्ती आँखाचिम गर्दै 
लुकिचोरि फेरि खेल्न मनपर्यो मनपर्यो

घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा    फेरि जान मनपर्यो 
आमाले कपाल बाटिदिँदा  
पाठशाला जान अघि रिसाउँथेँ म 
बाबाले दुइ वचन ठुलो बोले 
कोठामा गई आखाँ छोपी दङ्गाउँथेँ म
परि  आई मलाइ जादुको लठ्ठीदिए
त्यहिदिनहरुलाई फर्काइ ल्याउँथेँ

घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा    फेरि रमाउँदै जान्थे

दौडमा कसरी हारेछ खरायो 
कछुवाको जीतमा योमन रमायो 
चिमुसि चि र ढुकुमुकु भन्दै
हरियो चउरमा जान मनपर्यो 
दुइको गुनालाई सुगा रटेको 
कक्षाको बहिर गुडा टेकेको 

घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा    फेरि जान मनपर्यो

Galti Mero Chaina
(गल्ति मेरो छैन आज ढिलो हुनुमा )२
कहिं कतै अल्झेथें भूल मेरो छैन 
त्यसैले नजाऊ मलाई छोडेर
मायाका वाचा कसम तोडेर...

(आऊ आऊ आऊ न प्रिय तिमी टाढा नजाउ न )२
तिमी बिना बाँच्न सक्दिन भन्दै अब कराउँछु म
मुटु भित्र मलाई राख न अंगालोमा अब बाँध न
आऊ आऊ आऊ न...

बोल्न सकिन मैले तिमीलाई 
तिमीले साथ दिन्छौ होला तर म तिमीसंग खोज्छु पुरै दिन बिताउन 
खुशि................................


थिएन कुनै चाहना मेरो यो कुरा मान न 
चाहन्थे केबल माया तिम्रै अनि देख्थें तिम्रै सपना
त्यसैले नजाऊ मलाई छोडेर
मायाका वाचा कसम तोडेर
(सपनीमा मेरो छाउन प्रिय तिमी अब आउन )२
धेरै छ प्रित भनेर प्रिय तिमी अब रमाउन
मुटु भित्र मलाई राख न अंगालोमा अब बाँध न
आऊ आऊ आऊ न...

मुहार फेरेर नबोली बस्न सक्दिन 
तिम्रो मौनता यो मनलाई रुच्दैन 
के हुन्छ र मलाई एकछिन कुरेर 
चित्त दुख्छ जब मेरो कुरा बुझ्दैनौं
चाहन्छु केबल तिमीलाई माया देऊ अब मलाई
आँखाको नानीमा तिम्रै बसि राख्न देऊ अब मलाई
त्यसैले नजाऊ मलाई छोडेर
मायाका वाचा कसम तोडेर

तिम्रो मुटु मसंग साटन छैन भनि नढाटन
आँखा भित्र मलाई सजाई अंगालोमा मलाई बाँध न
मुटु भित्र मलाई राख न अंगालोमा अब बाँध न
आऊ आऊ आऊ न...

K saro vako - Naren Limbu

(के सार्‍हो भाको )८
सुन (तिमी मात्र होइन )४
यो संसारमा...
सुन (तिमी मात्र होइन )४
यो संसारमा....

(के सार्‍हो भाको )८
सुन (तिमी मात्र होइन )४
यो संसारमा...
सुन (तिमी मात्र होइन )४
यो संसारमा....

तिमीलाई के लाग्छ तिमी जस्तो धेरै छ यहाँ 
तिमीलाई के लाग्छ तिमी मात्र छैनौ है यहाँ 
(हेर तिम्रो वरिपरी तिमी भन्दा धेरै छ सुन्दरी )२

(के सार्‍हो भाको )८
सुन (तिमी मात्र होइन )४
यो संसारमा...
[सुन (तिमी मात्र होइन )४
यो संसारमा....]२

Purnima ko chandramalai 

(पूर्णिमाको चन्द्रमालाई 
बादल लाग्न थाल्यो
कहिलेकाहिं तिम्रो माया 
शंका लाग्न थाल्यो )२

देउरालीमा कसम खाएको 
नतोडिने बाचा
चखेवाको जोडी जस्तै 
नछुटिने साथ
कता कता परेलीमा 
शीत जम्न थाल्यो
किन किन तिम्रो माया
शंका लाग्न थाल्यो
पूर्णिमाको चन्द्रमालाई...

मुटु भित्र सजाएर 
ढुक-ढुकीमा राखें
दुख सुख सबै भुली 
अंगालोमा बाधें  
भित्ताको ऐना पनि  
के के बोल्न थाल्यो
किन किन तिम्रो माया
शंका लाग्न थाल्यो...

पूर्णिमाको चन्द्रमालाई
बादल लाग्न थाल्यो
कहिलेकाहिं तिम्रो माया 
शंका लाग्न थाल्यो
पूर्णिमाको चन्द्रमालाई...


CHITRA - a POETRY' by 'Viber BI & Alis 

Timi ra ma..

Ek raangeen raat yo,(Jana Nadeu Malai...) x2Uni tadha vayeni unko yaad mero saath tho,Nasamjha vancha maan,Tara unka moti chamak aankha lagcha meri aagadi haun,Ma muskuraun chu kina pagal jhai,Malai lagcha saabai ujwalo vo,Madhya raati ko bich mai,Aankha bistarai talina thale,(Aaideu mero samu..)Tara mera indriya unkai upasthiti khojdai the,Dimag lai jod dindai the,Bistarai ma aarkai sansar ma pugdai the,mera pau vuwi ma hoina ma aakash mai uddai the,maan halka pardai the, ani aafai ma ramai rahe jhai gardai the,Euta saankeet aauntho,( Lalalalalaala...)Eeyy.. ta sapana ma kina ramauchas vanne,Kalpana kati mitho hundo rahey cha,mailey tei bela chaal paaye,

( Sapana timro ra mero, kati sundar huntho hola.. )

Aani dhyaan uni tirai dhalna khoje,Soachthe k gardai holin ?Ma kati yaad garchu unilai,k malai utti samaya uni soach dai chin ?Unko haar paila ma saath huna chahanchu,Unilai merai banauna chahanchu, jiwan sundar cha taha cha,ma uni sanga jiuna chahanchu,Ma nisthuri haina mero bichar kharab chaina,Unko maan ma basne maan ho,Aru kei naramro prayas haina,(Yestai) x2 kura haru maan ma soachu,aani thaha napai aarko kolto ferchu..Chitra kei farak chaina, uni nai uni(ma sakdina metnu) x2

( sakdina timilai bhulna ooohhhh..baby)( Sakdinaaaaaaa....)


gaye mera gaja khane dinharu 

गए मेरा गाँजा खाने दिनहरु
गए मेरा चुरोट तान्ने दिनहरु
गए मेरा पारी जाने दिनहरु
गए मेरा MC च्याप्ने दिनहरु
गए गए) २
(सुनौला दिन सबै गए) २

कोक्स खाने दिन पनि बितेछन 
संगै TT हान्ने साथी मरेछन्
Ex girl-friends पनि भन्दै हुन 
फ्री मा हानेको भालुले 
के के भन्दै हुन
गए गए
(सुनौला दिन सबै गए) २

SLC मा धेरै फैल भइयो
दुइ-चार चोटी जेल पनि गइयो
सर्ट खोल जिउ भरी दागै दाग
कप्स आयो भने सबै भाग भाग
गए गए
(सुनौला दिन सबै गए) २

कोक्स खाने दिन पनि बितेछन 
संगै TT हान्ने साथी मरेछन्
Ex girl-friends पनि भन्दै हुन 
फ्री मा हानेको भालुले 
के के भन्दै हुन
गए गए
(सुनौला दिन सबै गए) २ 

(gaye mera gaja khaane dinharu
gaye mera churot tanne din haru
gaye mera paari jaane din haru
gaye mera MC chyaapne din haru
gaye gaye) 2
(sunaula din sabai gaye) 2

COCS khaane din pani bitechhan
sangai TT haanne saathi marechhan
x girl-friends pani bhandai hoon 
free maa haneko bhaalu le 
ke ke bhandai hoon
gaye gaye
(sunaula din sabai gaye) 2

slc maa dherai fail bhaiyo
dui char choti jail pani gaiyo
shirt khola jiu bhari daagai daag
cops aayo bhane sabai bhaaga bhaag
gaye gaye
(sunaula din sabai gaye) 2

COCS khaane din pani bitechhan
sangai TT haanne saathi marechhan
x girl-friends pani bhandai hoon 
free maa haneko bhaalu le 
ke ke bhandai hoon
gaye gaye
(sunaula din sabai gaye) 2

malai vanna aaudaina 
तिमीलाई भनुँ कसरी म
तिम्रो सामु बोली फुट्दैन
तिमीलाई पोखुँ कसरी म
तिम्रो अघि शब्दै देख्दिन
(मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन 
मलाई कोर्न आउँदैन
भावनाका कुरा)२

तिमीलाई भनुँ कसरी म
तिम्रो सामु सर्माई जान्छु म
तिमीलाई पोखुँ कसरी म 
तिम्रो अघि स्तब्द हुन्छु म

(मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन 
मलाई कोर्न आउँदैन
भावनाका कुरा)४

No comments:

Post a Comment